Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उद्योग बाणिज्य संघको ६८ औं स्थापना दिवसमा रक्तदान

बुटवल उद्योग बाणिज्य संघको ६८ औं स्थापना दिवसमा रक्तदान

  • 2.9K
    SHARES

  • बुटवल उद्योग बाणिज्य संघको ६८ औं स्थापना  दिवसमा रक्तदान

    बुटवल,फागुन ९- 

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । संघको ६८ औं स्थापना दिवसको अवसरमा आईतबार संघको सचिवालय परिषर बालमन्दिरमा रक्तदान भएको हो । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको २०१० साल फागुन १० स्थापना भएको थियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको संघले जनाएको छ । 

    रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै संघका अध्यक्ष खिमबहादुर हमालले संघले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । कार्यसमिति सदस्य भेषराज गैरहेको संयोजकत्वमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु तथा साधारण सदस्य उद्योगी व्यबसायीहरुको सहभागिता रहेको थियो । 

    रक्तदान गर्ने रक्तदाताहरुलाई त्यसै अवसरमा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संघले स्थापना दिवसको अवसरमा साँझ सचिवालयमा दीपावली कार्यक्रम समेत राखेको छ भने स्थापना दिवसकै अवसरमा पूर्वअध्यक्ष सम्मान तथा बुटवल माध्यमिक बिद्यालयलाई डेस्क बेन्च प्रदान गर्ने कार्यक्रम समेत राखेको छ । 

    बुटवल उद्योग बाणिज्य संघले रुपन्देहीको सेमलारमा बहुउद्देश्यीय व्यवसायिक भवन बनाउने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology