Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कसजूलाई अध्यक्ष बनाउन बुटवल उवा संघका १० पूर्व अध्यक्ष एकमत

कसजूलाई अध्यक्ष बनाउन बुटवल उवा संघका १० पूर्व अध्यक्ष एकमत

  • 8.9K
    SHARES

  • कसजूलाई अध्यक्ष बनाउन बुटवल उवा संघका १० पूर्व अध्यक्ष एकमत

    बुटवल,फागुन ११- 

    बुटवल उद्योग वाणिज्य संघको  ६७औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको सोमबारदेखि बुटवलमा शुरु भएको छ । चुनावी चटारो बढिरहेका बेला बर्तमान बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजूलाई अध्यक्ष बनाउन १० जना पूर्व अध्यक्षहरु एकमत भएका छन् । १० जना पूर्व अध्यक्षहरुले अध्यक्षमा कसजूलाई साथ दिएका हुन् ।

    मंगलबार बिहान ८ देखि १० बजेसम्म नाेमिनेशन भैरहेको छ । कसजूले नागरिक अनलाइसंग कुराकानी गर्दै संघलाइ टीमवर्कका साथ अघि बढाउने बताए । कसजू भन्छन्-म नेतृत्वमा आएसँगै मैले हाम्रो संघलाई अझै व्यवस्थित र सहज बनाउने योजना बनाएको छु । सचिवालयलाई पेपरलेस बनाउने योजना पनि रहेको छ, त्यसलाई यथाशीघ्र कार्यान्वयन गर्नेछु ।’ujjal kasaju.jpg

    उनले उद्योगी व्यवसायीको मुख्य समस्या नै राजश्वसम्बन्धी हुने भएकोले यसको लागि छुट्टै डेक्स स्थापना गर्ने योजना पनि रहेको बताए ।

    कसजू सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको अध्यक्ष, सिद्धी विनायक फुड प्रोडक्ट प्रालिको अध्यक्ष, ग्रिन टेक ट्रेड एण्ड सप्लायर्स प्रालिको अध्यक्ष,बुटवल ईम्पेक्सको प्रोप्राइटर, सनब्रिक इन्डस्ट्रिज प्रालिको संस्थापक डाइरेक्टर,यु एण्ड यु ईन्टरनेशनलको म्यानेजिङ डाइरेक्टर, तिनाउ मिसन डेभलपमेन्ट बैंकको संस्थापक, लुम्बिनी सहकारीको संस्थापक तथा नेपाल हृदयरोग निवारण संघको कोषाध्यक्षको समेत हुन् ।ujjal team bucci.jpg

    उनले अहिलेसम्म हाँसिल गरेका अनुभवहरूलाई अबको कार्यकालमा मेरो नेतृत्वको संघले महत्वपूर्ण कामहरू गर्ने नागरिक अनलाइनसंग बताए । कसजूसंगै बर्तमान बाणिज्य उपाध्यक्ष हरि प्रसाद अर्यालले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology