Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्ववियू नतिजा : रुपन्देहीमा नेविसङ्घ र अनेरास्ववियु बराबरी !

स्ववियू नतिजा : रुपन्देहीमा नेविसङ्घ र अनेरास्ववियु बराबरी !

  • 4.5K
    SHARES

  • स्ववियू नतिजा : रुपन्देहीमा नेविसङ्घ र अनेरास्ववियु  बराबरी !

    बुटवल,चैत ६ ।

    रुपन्देहीमा ६ वटा क्याम्पसमा भएकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा  नेविसङ्घ र अनेरास्ववियु  बराबरी भएका छन् । १२ क्याम्पसमा स्ववियु निर्वाचनको लागि सङ्गठन दर्ता भए पनि ६ वटामा सङ्गठनहरुबीचको विवादका कारण रोकिएको छ ।

    नतिजा सार्वजनिक भएका क्याम्पसमध्ये बुटवल बहुमुखी क्याम्पस, देवदह आदर्श क्याम्पस र हरैया बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् भने सियारी ४ छपियास्थित लीलाधर घिमिरे छपिया जनता कलेज, सैनामैनाको रामापुरस्थित शहीद नारायण पोखरेल क्याम्पस र शुद्धोधनको  फर्साटिकरस्थित यज्ञोदय दूधनाथ थारु क्याम्पसमा नेविसङ्घका उम्मेदवार विजयी भएका हुन् ।line.jpg

    यस क्षेत्रको पुरानो र धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका दुर्गाबहादुर एमसी निर्वाचित हुनुभएको छ । उहाँले अखिल क्रान्तिकारीका शिवबहादुर खवासलाई पराजित गर्नुभएको हो । यहाँ अनेरास्ववियुलाई छैटौँले साथ दिएको थियो । अन्य ६ वटा सङ्गठन एकल लडेका थिए ।Butwal-bahumukhi-Campus.jpg

    त्यसैगरी, देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । कञ्चन गाउँपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदिप शर्मा विजयी हुनुभएको छ । हरैया क्याम्पसमा अनेरास्ववियु, जनमत विद्यार्थी सङ्घ र लोकतान्त्रिक विद्यार्थी सङ्घको संयुक्त प्यानल बनेको थियो ।devdaha-1.jpg

    सियारी गाउँपालिकाको लीलाधर घिमिरे छपिया जनता कलेजको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका अभिषेककुमार यादव विजयी हुनुभएको छ । फर्साटिकरको यज्ञोदय दूधनाथ क्याम्पसमा महेश चौधरी विजयी हुनुभएको छ । त्यसैगरी शहीद नारायण पोखरेल रामापुर क्याम्पसमा नेविसङ्घकै मनोज बेलबासे विजयी हुनुभएको छ । 

    अब ६ वटामा चुनाव हुन बाँकी छ  जसमध्ये सिद्धार्थ गौतमबुद्ध क्याम्पस,लुम्बिनी वाणिज्य क्याम्पस र राममणि क्याम्पसमा निर्वाचनको मिति नै टुङ्गो लागेको छैन । भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा कृषि  क्याम्पसमा ८ गते मिति तोकिएको छ ।police.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology