Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदीप पौडेलले छाडे देउवा समूह,बने गगनको समर्थक

प्रदीप पौडेलले छाडे देउवा समूह,बने गगनको समर्थक

  • 2.0K
    SHARES

  • प्रदीप पौडेलले छाडे देउवा समूह,बने गगनको समर्थक

    काठमाडौँ,पुस ५ ।

    नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित सांसद प्रदीप पौडेल महामन्त्री गगन थापाको पक्षमा खुलेका छन् ।

    पौडेल यसअघि पार्टीको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार थिए । दलको नेताको निर्वाचनमा भने उनी महामन्त्री थापाको समर्थक बसेका छन् । १३ औँ महाधिवेशनमा भने पौडेल र थापा दुवै जना नेता कृष्णप्रसाद सिटौलासँग उभिएका थिए ।

    कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । पाँचौ पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनाव लड्दैछन् । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दैछन् । ४६ वर्षे थापा देउवाभन्दा ३० वर्ष कान्छा छन् ।

    महाधिवेशनमा पुस्तान्तरण र रुपान्तरणको पक्षमा जनमत लिएर लोकप्रिय मतसहित महामन्त्री बनेका थापाले ६ महिनाअघि देखि नै मुलुकको कार्यकारी प्रधानमन्त्री भएर गर्नुपर्ने कामबारे छलफल, परामर्श र पूर्वतयारी गरेका छन् । देउवा र थापाबीचको प्रतिस्पर्धाले पार्टी र राष्ट्रिय राजनीतिमा परिवर्तन चाहने र परिवर्तन नचाहनेहरूको ध्रुवीकरण हुने देखिएको छ ।

    संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology