Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले गगनलाई प्रस्ताव गरें : डा.शेखर कोइराला

पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले गगनलाई प्रस्ताव गरें : डा.शेखर कोइराला

  • 1.6K
    SHARES

  • पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले गगनलाई प्रस्ताव गरें : डा.शेखर कोइराला

    काठमाडौं,पुस ५ ।

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् ।

    होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं ।

    म गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ।’ अहिले पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले बोलिरहेका छन् ।

    मंगलबार बिहान होटल एम्बास्डरमा बसेको थापा र कोइराला पक्षको बैठकमा कोइरालाले गगनलाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्ने सहमति जुटेको थियो । सो छलफल लगत्तै कोइराला र थापा पक्षका सांसदहरुको बैठक अहिले होटेल बसेरामा बसिरहेको छ ।

    कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology