काठमाडौं,पुस ५ ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिमा मंगलबार दिउँसो उनले दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा ५ बमोजिम निर्वाचित हुने नेपाली कांग्रेस संसदीय दलको नेताको पदमा उम्मेदवार हुनका लागि उम्मेदवारीको दरखास्त साथमा दाखिला हुनुपर्ने शुल्क रु ५१ हजार राखी उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकको रुपमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)