बुटवल,साउन १६ ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीले श्री स्वामीनारायण मुक्तिनाथ धाम परिसर सरसफाई गरेको छ ।
साउनको सोमबारको पारेर श्रमदान गर्दै भजन किर्तन समेत गरिएको क्लवकी अध्यक्ष कमला पन्थले बताइन् । करिव ३ हजार ५ सय भन्दा बढी भक्तालुहरूको उपस्थितिमा गरिएको कार्यक्रमले लायन्सको धर्मसंस्कृति प्रतिको दायित्व पुरा गरेको अनुभूति गरेको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सन्त श्री १००८ स्वामी लोकानन्द जी महाराजले क्लवको सक्रियताको प्रशंसा गरे । कार्यक्रममा धामका संरक्षक स्वामी लोकानन्दले क्लवलाइ सम्मान पत्रले सम्मान गरेका थिए ।
साे अवसरमा पूर्व अध्यक्ष एवम् डिस्ट्रिक्ट एडभाइजर एमजेएफ लायन कोपिला बराइली, पूर्व अध्यक्ष तथा जोनचेयरपर्सन लायन अनामिका घिमिरे,कार्यक्रम संयोजक शारदा पाण्डे,द्वितीय उपाध्यक्ष सिता पाण्डे र सचिव सिता रायमाझी लगायत भक्तजनले सरसफाइ कार्यक्रममा सहभागिता जनाए ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)