बुटवल,असार २८-
लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल ४ लक्ष्मीनगर डाँडाँमा रहेको लक्ष्मी पार्कमा बृक्षारोपण कार्यक्रम गरिएको हाे । लायन्स बर्ष २०२१-०२२ का अध्यक्ष अमृता कार्की पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा फलफूलका ४० बिरुवा रोपिएको हो ।
साे अवसरमा बाेल्दै लायन्स इन्टरनेशनल ३२५ बि २ का पिएमजेएफ सेकेन्ड भिडिजी नवराज न्यौपानेले लायन्स क्लवहरु सेवाभावले सामाजिक काम गरिरहेको भन्दै यसले समाजलाइ सकारात्मक सन्देश दिएको बताए । उनले समाज विकासमा सबैले हातेमालाे गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
याे बर्षकै पहिलाे कार्यक्रम भएको र सामाजिक उत्तदायित्व अन्तर्गत रहेर कामहरु गरिने अध्यक्ष अमृता कार्की पौडेलले बताइन् । कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बि २ का डिस्ट्रिक चिफ एडभाईजर उमंग देबकोटा,बुटवल वडा न ४ का वडाध्यक्ष टंक पराजुली, लक्ष्मी पार्कका अध्यक्ष बाबुराम ढकाल,साइ मन्दिरकी सरिता गोदार, बृक्षारोपण कार्यक्रम संयोजक रजनी लम्साल ,क्लवका सचिब कमला थापा लगायतले बाेलेका थिए ।
साे अवसरमा बाेल्ने बक्ताहरुले बर्षेनी बृक्षारोपण गरिने तर बिरूवा संरक्षणमा भने धेरैको ध्यान जान नसकेको भन्दै राेपिएका बिरूवाको संरक्षण गरिनुपर्ने धारणा राखेका थिए ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)