बुटवल,असाेज ३।
लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीले रूपन्देहीको तिलोत्तमा गौशालामा सहयोग गरेको छ ।
क्लवले एक समारोहका बिचमा गौशालामा १२ पिस कुर्सी, ३ वटा फलामको बेन्ची हस्तान्तरण गरेको हो भने गौशालाका गाइलाइ २ बोरा चापट,२० केजी गुड सहित दानापानी खुवाएको क्लवका अध्यक्ष अमृता कार्की पौडेलले बताइन् ।
सो अबसरमा बोल्दै डिष्ट्रिक गभर्नर पिएमजेएफ रामप्रसाद भट्टले क्लवले राम्रो काम गरेको बताए । उनले लायन्स भिलेज गैरीगाँउलाइ एडप्ट गरेर ठुलो रकम खर्च गरि कार्यक्रम गरेकोमा धन्यबाद समेत दिए ।


सो अवसरमा वडा न ८ का अध्यक्ष किशोर पौडेल,डिस्ट्रिक चिफ एडभाईजर उमंग देबकोटा,गौशालाका उपाध्यक्ष रबिन पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा पुर्व अध्यक्ष कोपिला रसाइली,पार्वती ज्ञवाली,अनमिका घिमिरे,कोषाध्यक्ष सीता रायमाझी,सचिव कमला थापा क्षेत्री , सहसचिव पुष्पा सापकोटा,कार्यक्रम संयोजक सुमन पछाइ लगायतको सहभागिता रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)