Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीद्वारा बिरुवा संरक्षण कार्यक्रम

लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीद्वारा बिरुवा संरक्षण कार्यक्रम

  • 2.3K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीद्वारा बिरुवा संरक्षण कार्यक्रम

    बुटवल,कार्तिक ८ ।

    लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीले रोपिएका बिरुवा संरक्षण गरेको छ । बुटवल ४ लक्ष्मीनगर डाँडाँमा रहेको लक्ष्मी पार्कमा असार २८ गते रोपिएका ४० बिरुवाको रेखदेख र झार गोडमेल समेत गरेको छ ।

    भने थप १सय वटा बिरूवा रोपिएको हो । लायन्स बर्ष २०२१-०२२ का अध्यक्ष अमृता कार्की पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा फलफूलका थप १ सय बिरुवा रोपिएको क्लवले जनाएको छ ।

    सो अवसरमा पूर्व अध्यक्षहरु कोपिला रसाइली,सीता भट्टराई,अनामिका घिमिरे,लक्ष्मी अधिकारी लगायतले बोल्दै समाज विकासमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

    सामाजिक उत्तदायित्व अन्तर्गत रहेर कामहरु गरिने अध्यक्ष अमृता कार्की पौडेलले बताइन् । कार्यक्रममा कार्यक्रम संयोजक सबिता शर्मा,क्लवका सचिब कमला थापा,सह कोषाध्यक्ष पुष्पा सापकोटा,यमुना अर्याल,मिरा रायमाझी,साइरामी अध्यक्षा सीता गोदार लगायतले बोलेका थिए ।

    लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीद्वारा लक्ष्मी पार्कमा बृक्षारोपण

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology