बुटवल,मंसिर २७।
लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४४ युनिट रगत संकलन भएको लायन्स बर्ष २०२१-०२२ का अध्यक्ष अमृता कार्की पौडेलले बताइन् ।
डिस्ट्रीक एक्जुकेटीभ चिफ अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एरिया चिफ कोर्डिनेटर जीवन गौतम, नेपाल स्वयम् सेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री,सो अवसरमा पूर्व अध्यक्षहरु कोपिला रसाइली,सीता भट्टराई,पार्वती ज्ञवाली ,लक्ष्मी अधिकारी,तुलसा सिँह,कार्यक्रम संयाेजक शान्ता गाैतम लगायतले बोल्दै समाज विकासमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
सामाजिक उत्तदायित्व अन्तर्गत रहेर कामहरु गरिएको अध्यक्ष अमृता कार्की पौडेलको भनाइ छ । कार्यक्रम क्लवका सचिब कमला थापाको संचालनमा भएको थियाे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)