Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा बिजयोत्सवपछिको धन्यवाद सभामा गठबन्धनका नेताहरूले के-के भने ? (भिडियोसहित)

बुटवलमा बिजयोत्सवपछिको धन्यवाद सभामा गठबन्धनका नेताहरूले के-के भने ? (भिडियोसहित)

  • 2.6K
    SHARES

  • बुटवलमा बिजयोत्सवपछिको धन्यवाद सभामा गठबन्धनका नेताहरूले के-के भने ? (भिडियोसहित)

    बुटवल,जेठ ७ ।

    पाँच दलीय गठबन्धनले बुुटवलमा मेयर सहित बहुमत वडा जितेको खुसियालीमा विजय र्‍याली निकाल्यो ।बाजागाजा सहित मेयरमा निर्वाचित पाण्डेयलाई मुख्य बजार क्षेत्र घुमाएर विजयउत्सव निकालिएको हो। र धन्यवाद सभा सिद्धेश्वरी मैदानमा भएको थियो ।

    khelll.jpg

    शनिबार बुटवलमा विजयउत्सवपछि आयोजित कोणसलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले नेकपा एमालेले झुटा सपना तुहिएको बताए । उनले विकासको नाममा नेताको स्वार्थपुर्ति गर्ने, पैसा कमाउने प्रवृत्ति विकास भएको भन्दै जनताको चाहना, माग अनुसार काम गर्न सुझाव दिए।

    उपप्रमुखमा महिला उम्मेदवार नहुंदा गठबन्धनले धेरै ठाउंमा उपमेयरमा हारेको  औंल्याए। अब एमालेले हरेक कुरामा बृद्धभत्ताको सुवारटाइको समय सकिएको भन्दै उनले देश किकास र परिवर्तनमा गएकोबताए ।

    khel and chandra.jpg

    नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले जनतालाई केन्द्रमा राखेर पाँच दलबीच छलफल गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिए। उनले ५ दलीय गठबन्धनलाई प्रदेश सभा र प्रतिनिधिसभा चुनावसम्म बलियो बनाएर लैजानुपर्ने बताए।

    नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बुटवलका मतदाताले प्रतिगमनको विपक्षमा र परिवर्तनको पक्षमा मत जाहेर गरेर नयां इतिहास रचेको बताए। बुटवललाई सुशासनको नमूना बनाउन जनप्रतिनिधिले  भूमिका खेल्नुपर्ने नेता बरालले सुझाव दिए।

    नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बुटवलको स्थानीय चुनावको नतिजाले एमालेको अहंकार र दम्भको पहाडलाई भत्काइदिएको बताए। उनले 

    सभामा माओवादी केन्द्रका वामदेव क्षेत्री,राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी,जनता समाजवादी पार्टीका बामदेव भुसाल,माओवादी केन्द्रका महेन्द्र भुसाल,निर्वाचन परिचालन समिति संयाेजक रामबहादुर कार्की  लगायतले चुनावी संकल्पपत्र अनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए। 

    यी समाचार पनि हेराैँ :

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology