Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मेयर बनेपछि खेलराजको एक्सन,बुटवलको सडक विस्तारको काम तत्कालै थालिने

मेयर बनेपछि खेलराजको एक्सन,बुटवलको सडक विस्तारको काम तत्कालै थालिने

  • 9.9K
    SHARES

  • मेयर बनेपछि खेलराजको एक्सन,बुटवलको सडक विस्तारको काम तत्कालै थालिने

    बुटवल,जेठ १०।

    बुटवल उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख खेलराज पाण्डेयले राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारको काम  र  ज्योतिनगर पहिरो ब्यवस्थापनमा चासो देखाएका छन ।  

    कार्यभार समालेको दोश्रो दिन नै उपमहानगरपालिकाको कार्यालयमा सरोकारवाला निकायसँग छलफल गर्दै सडक विस्तारको काम छिटो सक्न सडक डिभिजन कार्यालय र ठेकेदारलाई निर्देशन दिएका हुन् ।

    सडक विस्तारको काम सुस्त गतिमा चल्दा जनताले दुख पाएको र बुटवलमा वायु प्रदुषण बढेकाले काम छिटो सक्न पाण्डेयले सम्बन्धित निकायलाइ निर्देशन दिएका हुन ।

    उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्याल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी , प्रमुख प्रसासकीय अधिकृत विरेन्द्रदेव भारती, बुटवल बेलहिया ब्यापारीक मार्ग आयोजनाका निमिक्त प्रमुख सविता ज्ञवाली, नेपाल खानेपानी संस्थान बुटवल , नेपाल विद्युत प्राधिकरण बुटवल शाखा प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा वर्षायाम अघि नै नाली निर्माणको काम सम्पन्न गर्न सम्बिन्धीत निर्माण ब्यवसायीलाई निर्देशन दिएको हो ।

    sadak maintain.jpeg

    सडकको क्षेत्राधिकार भित्र रहेका खानेपानीका पाईप , विद्यतुका पोल तत्काल  स्थानान्तरण गर्नका लागि नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरण बुटवलसँग  समन्वयन तथा सहयोगको लागि अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख पाण्डेयले बताए ।

    यस्तै ज्योतिनगर पहिरो ब्यवस्थापनको लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति ईकाई र डिभिजन बन कार्यालयका प्रतिनिधिहरुसँग पनि नगर प्रमुखले छलफल गरेका छन ।  पहिरो क्षेत्रको अध्ययन गरी तत्कालन पहिरो ब्यवस्थापनमा लाग्न सरोकारवालाहरुसँग छलफल चलाएको उनले बताए ।

    राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति ,  डिभिजन बन कार्यालय र  उपमहानगरपालिकाबाट संयुक्त अनुगमन तथा प्राविधिक समिति गठन गरी पहिरो क्षेत्रको अध्ययन  गरि शुझाब पेश गरिने भएको छ । सुझाव र लागत अनुमानका आधारमा उपमहानगरपालिकाको विपद ब्यवस्थापन शाखाबाट कार्य गर्ने निर्णय भएको छ ।

     

    sadak maintain.jpeg

    पहिरो क्षेत्रमा आवश्यक ग्याविन जाली भर्ने काम र पानीका मुहानको ब्यवस्थापनका लागि स्थलगत अनुगमन गर्र्ने र आवश्यक कामको लािग  प्राविधिक खटाउने निर्णय भएको छ ।

    यस्तै उपमहानगरपालिकाले तथ्याङ्क संकलन भएका भूमिहिन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीहरुको लागि परिवार अब्वस्थित बसोबास अभिलेखिकरण प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।    

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology