बुटवल,१० जेठ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा शहरी स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताएका छन् ।
मंगलबार बिहान बुटवल उपमहानगरपालिका वडा नं ७ दिपनगर स्थित शहरी स्वास्थ्य केन्द्रमा आयोजित नियमित खोप अन्तर्गत टाइफाइड खोपको शुभारम्भ गर्दै नगर प्रमुख पाण्डेले शहरी स्वास्थ केन्द्रलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन जरुरी रहेको भन्दै त्यसका लागि सरोकारवालाहरूसँग परामर्श गरेर अगाडि बढ्ने बताएका हुन् ।
बुटवलमा नगर अस्पतालको आवश्यकता बारे पनि आवश्यक छलफल अगाडि बढाइने पनि उनले बताए ।
नगरको फोहोर ब्यवस्थापनको लागि विज्ञसग छलफल गरेर अघि बढ्ने बताउदै उनले स्वास्थ्य केन्द्रको भवन निमार्ण गर्ने बिषयमा आफू सकारात्मक रहेको बताए ।
सो अवसरमा नगर प्रमुख पाण्डेले स्वास्थ्यकर्मीहरूलाई खोपको बक्सा हस्तान्तरण गरेर कार्यक्रममो सुभारम्भ गरेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र दिपनगर ब्यवस्थापन समितिका अध्यक्ष पदमराज गाहाको सभापतित्व र नगर प्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० का अध्यक्ष बलु पुन,बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कल्पना पौडेल,शहरी स्वास्थ्य केन्द्र दिपनगरका इन्चार्ज डा।तुलराज शर्मा लगायतले खोपको महत्त्व बारे त्त आफ्नो भनाइ राखेका थिए ।
स्वास्थ्य शाखा प्रमुख पौडेलले नियमित खोप अन्तर्गत ५ वर्षसम्मका बालबालिकालाई टाइफाइड बिरूद्वको खोप दिन लागिएको बताईन । रोग लाग्नबाट बच्न खोप पहिलो प्राथमिकता भएको भन्दै उनले नगरका ५६ स्थानमा खोप लगाइने जानकारी दिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)