Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकार ढाल्ने कसरत,आलोपालोको ८ महिने म्याद फागुन १२ मा सकिँदै !

लुम्बिनी प्रदेश सरकार ढाल्ने कसरत,आलोपालोको ८ महिने म्याद फागुन १२ मा सकिँदै !

  • 2.9K
    SHARES

  • लुम्बिनी प्रदेश सरकार ढाल्ने कसरत,आलोपालोको ८ महिने  म्याद फागुन १२ मा सकिँदै !

    बुटवल,माघ ८ । 

    लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको खेल शुरू भएको छ । आठ–आठ महिना सरकारको नेतृत्व गर्न काँग्रेस र माओवादीबिच आन्तरिक समझदारी भएको थियो । मध्य फागुनसम्ममा सरकारको नेतृत्व फेर्नेगरी काँग्रेसले आन्तरिक गृहकार्य थालेको हाे ।

    माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच काँग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने हस्ताक्षर सहित सहमति छ ।

    केसी मुख्यमन्त्री बनेको आगामी १२ फागुनमा आठ महिना पुग्दैछ । आलोपालो सहमतिअनुसार त्यसपछि काँग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हुन्छ । 

    आलोपालो सहमति अनुसार अर्को महिना आफ्नो दलले नेतृत्व पाउने नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्विन खाँनले नागरिक अनलाइनसंगको कुराकानीमा  बताए ।

    fakharudin khan.jpg

     

    “हामी आठ–आठ महिना सरकारको नेतृत्व गर्ने विषयमा दुई दलबीच समझदारी भएको हो, फागुनमा हाम्रो नेतृत्वमा लुम्बिनी सरकार बन्ने कुरामा हामी स्पष्ट छौं,मुख्यमन्त्री पनि सकारात्मक हुनुहुन्छ”, उनले भने ।

    काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट केसी मुख्यमन्त्री भएका थिए ।

    272425572_813454719455779_987392970845374011_n.jpg

    सहमति कार्यान्वयन भए फागुनपछि काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् । “नेतृत्व परिवर्तनले गठबन्धन दलभित्रै असन्तुष्टि बढ्ने भएकोले अहिलेकै नेतृत्व कायम राख्ने गरी पहल थालेका छौं”, मुख्यमन्त्री केसी निकट एक नेताले भने । 

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology