बुटवल साउन २८ ।
लुम्बिनी प्रदेशमा आजै नयाँ सरकार गठन हुने भएकाे छ । गठबन्धनको पूर्व निर्णय अनुसार माओवादी संसदीयदलका नेता कुलप्रसाद केसी सोनामको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने गरि दाबी प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेश हुँदैछ । र तत्काल उनैलाइ नियुक्ति गरिने छ ।
। प्रदेश प्रमुख शेरचनले आज ३ बजे सम्ममा सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेपनि १० बजे लगत्तै गठबन्धनका नेताहरु दाबी पत्र लिएर प्रदेश प्रमुखको कार्यालय पुग्ने तयारी भएको छ ।
प्रमुख सचेतक खानका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा केसी मुख्यमन्त्रीमा बन्नेछन् । आजै तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी छ । १० सदस्यीय हुने मन्त्रीमण्डलमा पहिलाे चरणमा कांग्रेसबाट डिल्ली चाैधरी र जसपाबाट सहश्राम यादव मन्त्री बन्ने पक्का भएको छ ।
चाैधरीले आन्तरिक मामिला तथा कानुन र यादवले भाैतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मा पाउने श्राेतको दाबि छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)