Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यी हुन् लुम्बिनी प्रदेशको नयाँ मन्त्रिपरिषदका ८ निर्णय

यी हुन् लुम्बिनी प्रदेशको नयाँ मन्त्रिपरिषदका ८ निर्णय

  • 2.8K
    SHARES

  • यी हुन् लुम्बिनी प्रदेशको नयाँ मन्त्रिपरिषदका ८ निर्णय

    बुटवल,साउन २९ ।

    लुम्बिनी प्रदेशमा बनेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले ८ निर्णय गरेको छ । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्ब फेर्नु पर्ने बिरामीहरुलाई उपचारका लागि थप २ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

    यसअघि १ लाख रुपैयाँ पाइरहेकोमा थप २ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय नवगठित सरकारको पहिलो मन्त्रिपरिषद बैठकले गरेको प्रवक्ता कृष्णध्वज खड्काले जानकारी बताए।

    यस्तै सरकारले कोभिड १९ का बिरामीको उद्दार गर्न हटलाईन र एम्बुलेन्सको ब्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ। 

    यी हुन् पहिलो मन्त्रिपरिषद्का ८ निर्णय :

    १-प्रदेश नं ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली, २०६५ स्वीकृत गर्ने । 

    २- कोभिड (१९ का विरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारीसाधन (एम्बुलेन्स)को व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने ।

    ३-कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर मार्फत एण्टीजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने ।
    ४-कोभिड- १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने। 

    ५-प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्‌कालाई तोक्ने ।
    ६- मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गर्ने ।

    ७- क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्नु पर्ने विरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फवाट थप २ लाखका दरले उपलब्ध गराउने । 

    ८- मातृमृत्यूदर कमगर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एक-एक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने । 

    Krishna Dhwaj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology