Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुख्यमन्त्री केसीले लिए पद तथा गोपनीयताको सपथ,सात सदस्यीय मन्त्रीमण्डल (कार्यबिभाजन सहित)

मुख्यमन्त्री केसीले लिए पद तथा गोपनीयताको सपथ,सात सदस्यीय मन्त्रीमण्डल (कार्यबिभाजन सहित)

  • 2.4K
    SHARES

  • मुख्यमन्त्री  केसीले  लिए पद तथा गोपनीयताको सपथ,सात सदस्यीय मन्त्रीमण्डल (कार्यबिभाजन सहित)

    बुटवल,साउन २८ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

    थप ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन्। नेपाली कांग्रेसक डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री तथा अन्यले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

    जसपाका पूर्मती ढेंगा र सुमन शमा रायमाझीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । भने नवलपरासीबाट सुर्य चिन्हमा चुनाव जीतेका अजय शाहीले समेत विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् ।

    प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।

    प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    यस्ताे छ मन्त्रीहरूको कार्यबिभाजन :-

    minister of lumbini province.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology