Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा रुपन्देहीकाे निश्कर्ष : ‘प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव जनभावना बिपरित’

नेकपा रुपन्देहीकाे निश्कर्ष : ‘प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव जनभावना बिपरित’

  • 3.9K
    SHARES

  • नेकपा रुपन्देहीकाे निश्कर्ष : ‘प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव जनभावना बिपरित’

    बुटवल,असोज १८ -

    प्रदेश ५ को राजधानी दाङ सार्न गरेको प्रस्तावप्रति नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुपन्देहीले विरोध जनाएको छ । संविधानले प्रदेश राजधानी तोक्दा प्रशासनिक, भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने व्यवस्था गरे पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्दा संविधानको भावना आत्मसात नगरेको नेकपाले विज्ञप्ति निकालेर जनाएको छ ।

    ‘कोरोना महामारीको विषम अवस्थामा प्रदेश सरकारले राजधानी सार्न पेश गरेको यो प्रस्ताव औचित्यपूर्ण पनि देखिंदैन’ पार्टी अध्यक्ष शिवराज सुवेदी र सचिव नारायण जीसीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रदेश राजधानी सार्दा रुपन्देही र यस आसपासका नागरिकलाई असुविधा पर्ने भएकाले जनमत आन्दोलित हुनु स्वाभाविक भन्दै नेकपाले राजनीतिक दल, संघसंस्था तथा नागरिकलाई संयमित रुपमा आफ्नो मत राख्न आग्रह गरेको छ ।

    नेकपाले रुपन्देहीवासी र यहाँका संघसंस्थाले प्रदेश सरकार र यसका विभिन्न अंगहरुलाई स्थापित गर्न गरेको योगदानको सम्मान गर्न पनि प्रदेश सरकारलाई विज्ञप्तिमार्फत अपिल गरेको छ ।

    ‘प्रदेश सरकारले ठूलो धनराशी समेत खर्च गरी भौतिक पुर्वाधार समेत निर्माण गरिसकेको अवस्थामा वर्तमान अस्थायी राजधानीलाई नै प्रदेशको स्थायी राजधानीको रुपमा अगाडि बढाई यस क्षेत्रको पार्टी पंक्ति,जनमत र नागरिक आवाजलाई सम्मान गर्न अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

    नेकपाको तिलोत्तमा नगर कमिटीले पनि प्रदेशको राजधानी सार्ने प्रस्ताव उपयुक्त नभएको भन्दै रुपन्देहीलाई नै कायम गर्न माग गरेको छ । नगर अध्यक्ष मोहन चापागाई र सचिव लक्ष्मण खनालले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भौतिक पूर्वाधार र जनसंख्याका हिसाबले पनि रुपन्देही नै उपयुक्त रहेको दावी गरेको छ ।

     नेकपा रुपन्देहीको विज्ञप्ति :

    ne-ka-pa-rupandehi.jpg

     

     

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology