बुटवल,माघ १८-
नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेसनबाट सिताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नया समिति निवार्चित गरेको छ ।
शनिबार भएको साधारण सभाबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाटप्रदिप कुमार खड्का, प्रदेश ३ बाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सह-सचिवमा मीन बहादुर शाही, कोषाध्यक्षमा याम बहादुर मल्ल, सह-कोषाध्यक्षमा विप्लव हमाल निर्विरोध भए ।
शनिबार अबेर अध्यक्ष र सदस्य पदमा भने मतदान भएको थियो । जसमा अध्यक्षका उम्मेदवार किरण थापालाई १२ मतले पराजित गर्दै सिताराम न्यौपाने विजयी भएका हुन ।
महासंघको सदस्यमा अमर विक्रम शाहले ६२, बेचन शर्मा ठाकुरले ६८, विकास नारायण श्रेष्ठले ५२, केदार गिरिले ६४, सरोज कुवरले ६२, शारदाप्रसाद ढकालले ४६, शंकर न्यौपानेले ४८ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत जगदिश बमले नागरिक अनलाइनलाइ बताए ।
यी समाचार पनि पढाैँ:-
क्रसर ब्यवसायीको माग : ‘देशका १ सय ९ वटा उपयोग विहिन डाँडामा क्रसर निकाल्न देउ’
नेपाल क्रसर तथा खानी उद्योग महासंघको दोस्रो अधिवेशन बुटवलमा शुरु
नेपाल क्रसर तथा खानी उद्योग महासंघमा न्यौपानेको नेतृत्व,थापा १२ मतले पराजित
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)