बुटवल,माघ १६-
देशको आर्थिक विकासमा टेवा दिएका क्रसर ब्यवसायीलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन ।
नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनको तयारीबारे जानकारी दिन बुटवलमा पत्रकार सम्मेलनमा महासंघका संस्थापक अध्यक्ष उमेश शेरचनले सरकारको आफुहरुप्रतिको नकारात्मक सोच अन्त्य गर्न आग्रह गरे ।
देशकै अर्थतन्त्र उकास्ने रुपमा रहेको ढुगागिट्टी कारोबार गर्ने ब्यवसायलाई चलायमान राख्न देशका विभिन्न १ सय ९ उपयोग विहिन डाडा क्रसर निकाल्न सकिने भन्दै यसतर्फ सरकारको ध्यान दिन उनले आग्रह गरे ।
ब्यवसायीमा लायसेन्स, नविकरणको अहिले सबैभन्दा ठूलो समस्या रहेको उनले बताए । रातारात अबैधको धब्बा सरकारले लगाउदा आफुहरुको लगानी मर्कामा परेको बताए। क्रसर उद्योग अबैध नभई सरकारले बनाईएको उनले आरोप लगाए ।
खोलाबाट २५ मिटर दुरिबाट एकाएक ५ सय मिटर तोकिनु सरकारको गलत निर्णय भएको उनले बताए । केही ब्यवसायीको कारण आफुहरु पिडामा परेको बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सिताराम न्यौपाने, उपाध्यक्ष शिव पाठक, महासचिव पुरुपोत्तम रेग्मी, लुम्बिनी प्रदेशका संयोजक गोपाल ज्ञवालीले कार्यक्रम सफल बनाउन आग्रह गरे । देशभर ५ सय हाराहारीमा ब्यवसायी रहेको छन ।
यी समाचार पनि पढाैँ:-
क्रसर ब्यवसायीको माग : ‘देशका १ सय ९ वटा उपयोग विहिन डाँडामा क्रसर निकाल्न देउ’
नेपाल क्रसर तथा खानी उद्योग महासंघको दोस्रो अधिवेशन बुटवलमा शुरु
नेपाल क्रसर तथा खानी उद्योग महासंघमा न्यौपानेको नेतृत्व,थापा १२ मतले पराजित
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)