Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्पेलिङ कन्टेस्ट तथा नृत्य प्रतियोगिता

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्पेलिङ कन्टेस्ट तथा नृत्य प्रतियोगिता

  • 2.6K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्पेलिङ कन्टेस्ट तथा नृत्य प्रतियोगिता

    बुटवल,चैत्र ४।

    सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३२औं बार्षिक उत्सवको अवसरमा आज स्पेलिङ कन्टेस्ट तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुर्य बिक,अनिशा पराजुली ,आसिश खडकाको समुह प्रथम भएको छ भने बिएड चौथो बर्षका भुबन पन्थी, कमल खत्री ,निशा थापाको समूह द्वितिय तथा बिबिएस तेस्रो बर्षका सिमान्त क्षेत्री ,मनिषा बेल्बासे, र शिक्षा रास्कोटिको समूह तृतिय भएको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो । प्रतियोगितामा १३ टीम सहभागि थिए ।

    सो अबसरमा बोल्दै क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले क्याम्पसलाइ शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको बिकास गर्ने बताउनुभयो । क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गरेको र सोमबार ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेको सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले जानकारी दिनुभयो ।

    आजै नृत्य प्रतियोगिता समेत भएको छ सहभागि २५ टीमबाट ११ टीम छनौटमा परेका छन् ।

    यी समाचार पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology