Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको सहायक प्राचार्यमा कृष्णप्रसाद  खनाल  नियुक्त

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको सहायक प्राचार्यमा कृष्णप्रसाद  खनाल  नियुक्त

  • 6.9K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पसको सहायक प्राचार्यमा कृष्णप्रसाद  खनाल  नियुक्त

    बुटवल,साउन २।

    बुटवल ५ मा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा ११ र १२ तर्फ सहायक प्राचार्य पदमा कृष्णप्रसाद खनाल नियुक्त भएका छन्।

    लामो  समयदेखि सोही क्याम्पसमा  अध्यापन गराउँदै आएका खनाललाई सोमवार एक समारोह विच क्याम्पस प्रमुख विष्णु प्रसाद राना र  व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण लाल जोशीले पदभार गराएका छन् ।  

    शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखी मास्टरसम्म अध्ययन हुने यो क्याम्पस २८ सय भन्दा धेरै विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । कक्षा ११ र १२ मा ६ सय विद्यार्थी रहेका छन् । नव नियुक्त खनालले कुशल नेतृत्व प्रदान गर्दे नैतिक र गुणस्तर शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

    बुटवलमा रहेको शैक्षिक अग्रणिसंस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस जहाँ कक्षा ११ देखि स्नातकोत्तर सम्म ब्यवस्थापन र शिक्षा  पढाई हुन्छ ।

    यसै बर्ष एमबीएस दोस्रो बर्षमा पुजा थापाले ३.९५ जीपीएसहित नेपाल प्रथम र रिता श्रेष्ठ ३.८८जीपीएसहित नेपाल तृतीय भएकी थिइन् ।SGBC.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology