बुटवल,साउन २५ ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलको ब्यवस्थापन विभागको विभागीय प्रमुखमा उप-प्राध्यापक रामनाथ उपाध्याय नियुक्त हुनुभएको छ ।
बिस २०६३ सालदेखि ब्यवस्थापन संकाय अन्तर्गतको वित्तशास्त्र बिषय प्राध्यापनरत उप-प्राध्यापक उपाध्यायले यस अघि पनि क्याम्पसको सहायक क्याम्पस प्रमुख र कार्यक्रम संयोजकको रूपमा प्रशासनिक जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्नुभएको थियो ।
विश्वबिद्यालय अनुदान आयोगबाट क्यूएए प्रमाणपत्र प्राप्तिको निमित्त आवश्यक पर्ने विभिन्न प्रतिवेदनहरु लेखनमा सकृय उपाध्याय हाल विद्यार्थी सहयोग तथा रोजगार ब्यवस्थापन समितिको संयोजक एवं पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समितिको उपाध्यक्ष समेत रहनु भएको छ ।
क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाको अध्यक्षता एवं सहायक क्याम्पस प्रमुख रमेशप्रसाद प्रसाद पाण्डेको सन्चालनमा नव नियुक्त विभागीय प्रमुखको पदस्थापन एक कार्यक्रम गरि सम्पन्न भएको छ ।
कार्यक्रममा नव नियुक्त विभागीय प्रमुखलाई क्याम्पस प्रशासनका पदाधिकारीहरु, पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति गोपाल प्रसाद चापागाईं, निवर्तमान विभागीय प्रमुख कृष्ण प्रसाद खनाल लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नव नियुक्त विभागीय प्रमुख उपाध्यायले जिम्मेवारी दिएकोमा क्याम्पस प्रशासनलाई धन्यवाद दिदै क्याम्पसको बिधान नियमावली एवं विश्व बिधालयको प्रचलित मापदण्ड अनुसार विभागीय सदस्यहरुसंगको समन्वयमा आफुले आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यी समाचार पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)