Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

भिजन लुम्बिनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

भिजन लुम्बिनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  • 54
    SHARES

  • भिजन लुम्बिनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    बुटवल,कार्तिक १९ ।

    भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यसहित साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ।

    कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो। यससम्बन्धी सम्झौतामा दुवै कम्पनीबीच औपचारिक हस्ताक्षर भएको छ।

    सम्झौतामा भिजन लुम्बिनीका तर्फबाट अध्यक्ष जगतबहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ।

    कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १२ लाख ५० हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सार्वजनिक निष्कासन गर्ने जनाएको छ।

    भिजन लुम्बिनी नेपालमा लगानी क्षेत्रको विकास र विस्तारमा निरन्तर योगदान गर्दै आएको सार्वजनिक लगानीमूलक कम्पनी हो। कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायतका उत्पादनशील र प्रशोधन क्षेत्रमा लगानीका अवसरको पहिचान, अध्ययन, विश्लेषण तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ।

    स्वदेशी पुँजी र स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत लगानीका नयाँ सम्भावना खोजी गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने लक्ष्य कम्पनीले लिएको छ। सोहीअनुरूप कम्पनीले दीर्घकालीन लगानी रणनीति, व्यावसायिक व्यवस्थापन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आएको छ।

    कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ। आगामी दिनमा नयाँ र सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गरी राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, कार्तिक २० २०८३०९:५०:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology