Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद विघटन विरुद्ध शान्ति समाजद्वारा रुपन्देहीको बुटवलमा बिराेध प्रदर्शन

संसद विघटन विरुद्ध शान्ति समाजद्वारा रुपन्देहीको बुटवलमा बिराेध प्रदर्शन

  • 3.6K
    SHARES

  • संसद विघटन विरुद्ध शान्ति समाजद्वारा रुपन्देहीको बुटवलमा बिराेध  प्रदर्शन

    बुटवल,पुस ५-

    संसद विघटनको विरोधमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा प्रदर्शन गरेको छ । कार्यक्रममा बाेल्दै केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले लोकतन्त्र पुनः धरापमा परेको बताए ।

    सरकारले आफूले गरेका भ्रष्टाचार र अकर्मन्यता तथा असफलतालाई लुकाउन नसक्दा लोकतन्त्रलाई नै धरापमा राखेको उनको आरोप छ ।

    लोकतन्त्रलाई बचाउन शान्तिबादी तथा लोकतन्त्रवादीहरु फेरि सडकमा आउनु परेको उनले बताए । नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्ध बहादुर थापाले विघठित प्रतिनिधीसभा संसदलाई पुनर्गठनका लागि विरोधका कार्यक्रम जारी राख्नुपर्ने बताए ।

    मानव अधिकार तथा शान्ति समाजका सभापति डि पी खनालले संसद विघटन गर्ने जस्तो अलोकतान्त्रिक कदमलाई आफूहरुले कुनै हालतमा स्वीकार गर्न नसक्ने बताए ।

    कार्यक्रम समाजका उपसभापति कृष्ण चौहान क्षेत्री स्वागत तथा सदस्य कृष्ण पाण्डेको संचालनमा भएको थियो । बुटवलको राजमार्ग चाैराहामा भएको कार्यक्रममा सहभागिले प्ले कार्ड समेत बाेकेका थिए ।

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology