Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा प्रथम रानीगंञ्ज सांस्कृतिक तथा ब्यापार महोत्सव २०८० शुरू

बुटवलमा प्रथम रानीगंञ्ज सांस्कृतिक तथा ब्यापार महोत्सव २०८० शुरू

  • 2.1K
    SHARES

  • बुटवलमा प्रथम रानीगंञ्ज  सांस्कृतिक तथा ब्यापार महोत्सव २०८० शुरू

    बुटवल,असाेज १२ ।

    बुटवलमा आजबाट प्रथम रानीगंञ्ज  सांस्कृतिक तथा ब्यापार महोत्सव २०८० शुरू भएको छ । बुटवल १७ रानीगंज खेलमैदानमा आयोजित महोत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय गमलामा पानी सिँचाइ गरेर शुभारम्भ गर्नुभयो । सो अबसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको रानीगंजले मुहार फेर्ने बताउनुभयो ।butwal mela.jpg

    मेलाकै कारण यो क्षेत्र चलायमान भएको भन्दै उहाँले मोतिपुर औद्योगिक क्षेत्र निर्माणले मोतिपुरक्षेत्रका स्थानीयलाइ मनग्य फाइदासहित रोजगारी प्रदान गरिने उल्लेख गर्नुभयो । उहाँले आफ्नै कार्यकालमा बुटवलको मुहार बदलेर देखाउने प्रतिबद्धता दोहोर्याउनुभयो  ।उहाँले रानीगंंजको प्रथम मेला सफलताको कामना समेत गर्नुभयो । सो अबसरमा बुटवल १५ का वडाध्यक्ष शिब राना,१७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी, आमा समुहको तर्फबाट माया भण्डारी,क्लवका अध्यक्ष राम दर्जी,सचिव अनिल सुनार लगायतले बोल्दै मेला सफल हुने बिश्वास ब्यक्त गरे ।ranijung mela.jpg

    मेला शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा शुरु भएको हो भने मेला असोज २३ गतेसम्म चल्ने मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७को संरक्षकत्वमा महोत्सव गरिएको उद्घोषक बिकास भट्टराइले बताए ।रानिगन्ज जाऔँ राष्ट्रिय कलाकार सँगै रमाऔँ भन्ने नाराका साथ सञ्चालन हुन महोत्सवमा  महानायक राजेश हमालदेखि लिएर ४० जना राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।mela.jpg

    महोत्सव सञ्चालन गर्न ४० लाख खर्च लाग्नेछ भने  ५० लाखको कारोबार साथै  ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मेलामा १ सय भन्दा बढि स्टल रहेका छन् उद्घाटन पूर्व सो स्थानमा बाजागाजासहित र्याली निकालिएको थियो ।mela btl.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology