Logo बिहिवार, आश्विन १ गते २०८३
images

मस्तिस्क घातबाट ग्रसित खतिवडालाइ मानव सहायता समूहले दियाे २ लाख २० हजार नगद

मस्तिस्क घातबाट ग्रसित खतिवडालाइ मानव सहायता समूहले दियाे २ लाख २० हजार नगद

  • 2.7K
    SHARES

  • मस्तिस्क घातबाट ग्रसित खतिवडालाइ मानव सहायता समूहले दियाे  २ लाख २० हजार नगद

    बुटवल,असोज २।

    मानव सहायता समूह नेपाल (एच.एस.जी. नेपाल) वालाजु काठमाडौले बिरामीलाई आर्थिक सहयोग गरेको छ ।ललितपुर  वागडोल निवासी ४२ बर्षिय राजेन्द्र खतिवडालाइ नगद २ लाख २० हजार सहयोग प्रदान गरेको हो ।

    मस्तिस्क घातबाट ग्रसित खतिवडालाइ सहयोग जुटाउने काम मानव सहायता समूह नेपालले टिकटक लाईभ मार्फत गरेको थियो । सहयोग आब्हानबाट संकलित रकम बिरामीलाइ एक समारोहका बिचमा हस्तान्तरण गरिएको मानव सहायता समूह नेपालका अध्यक्षा टीका प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । यो समुहले यसअघि १६ वटा स्थानमा यस्तै रकम प्रदान कार्यक्रम गरिसकेको छ ।

    सो अवसरमा विरामी राजेन्द्र  खतिवाडकी धर्मपत्नी रिता खतिवडाले रकमले श्रीमानको उपचारमा सहयोग पुग्ने भन्दै आभार ब्यक्त गर्नुभयो ।मानव सहायता समूह नेपालले  भवन वनाउनदेखि दिन गरीब-अनाथ असाहाय लगायत आर्थिक अभावले उपचार मा कठिन भएका व्यक्तिलाई सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको तिमल्सिनाले बताउनुभयो ।

    स‌ंस्थाका वरिष्ठ उपाध्यक्ष तथा आर्थिक संयोजक लाइभ होस्टर सुरेस घले  ले आर्थिक सङकलन गर्न सहयोग गर्नु हुने सम्पुर्ण लाई आभार प्रकट गर्नुभयो ।सो अबसरमा  सल्लाहकार गोकर्ण थपलिया ,सचिव जानकी केसि ,कोषाध्यक्ष तुलसा तिमल्सिना , सदस्य सीता थिङ ,ज्ञानु सिलवाल , लक्ष्मी खतिवडा, मनोज कार्कि,नम्रता केसी,लक्ष्मी भारद्वाज,सन्ध्या खड्का,पारु श्रेष्ठ , महेन्द्र ओलि, निता भण्डारी लगायतले बोल्दै संस्थाले गरेको पवित्रकर्मको प्रशंसा गर्नुभयो ।help.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology