काठमाडौँ,चैत्र २८ ।
मानव सहायता समूह नेपाल एचएसजी नेपाल काठमाडौ १६, बालाजुले मुटुरोगीलाइ सहयोग प्रदान गरेको छ ।
टीकटकको माध्यमबाट संलन भएको रकम एक कार्यक्रमका बिच पर्वत जलजला गाउँपालिकाको १४ वर्षका मुटुरोगी मनोज रेग्मी तथा आँखा नदेख्ने (दृष्टिबिहीन) उनका दिदीको उपचारमा सहज हाेस् भनेर आर्थिक सहयोग हस्तान्तरण गरिएको अध्यक्ष टीका तिमिल्सिनाले जानकारी दिए । ती दुबै बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरिएको छ ।
समाजका लागि म मेरा लागि समाज भन्ने नाराका साथमा सहयोग प्रदान गरिएको उनको भनाइ छ । संकलन भएको रकम ९३ हजार ३०४ प्रदान गरिएको हो ।
कार्यक्रममा सस्थाका उपाध्यक्ष शुरेश घले,सल्लाहाकार गोकर्ण थपलिया गौरव,कोषाध्यक्ष तुलसा तिमिल्सीना ,सदस्य साबित्री न्यौपाने,ज्ञानु शिलवाल, हेल्पिङ हेन्डका कृष्ण ढुंगाना लगायतले बोल्दै टिकटकका माध्यमवाट जोडिएर सेवा गर्न पाएकोमा खुसि व्यक्त गर्दै सहयोग गर्ने सबै दाताहरुलाइ धन्यबाद दिनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)