Logo मंगलवार, श्रावण १२ गते २०८३
images

समाजवादी मोर्चाका नाममा नाटक मञ्चन भइरहेको छ : एमाले महासचिव शंकर पोखरेल

समाजवादी मोर्चाका नाममा नाटक मञ्चन भइरहेको छ : एमाले महासचिव शंकर पोखरेल

  • 3.9K
    SHARES

  • समाजवादी मोर्चाका नाममा नाटक मञ्चन भइरहेको छ : एमाले महासचिव शंकर पोखरेल

    बुटवल,भदौ १६ ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा नभई माओवादीमा पहिरो जान लागेको बताएका छन्।सुर्खेतमा समाजवादी मोर्चाको सन्देश भेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा पहिरो जाँदैछ भनेर दिएको अभिव्यक्तिको खण्डन गर्दै महासचिव पोखरेलले एमालेमा नभई माओवादीमा पहिरो जाने बताए।

    शनिबारदेखि बुटवलमा सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देशभक्त र क्रान्तिकारी शक्तिहरू एमालेमा आउने बताए।

    ‘अब माओवादीका देशभक्त नेताहरू एमालेमा आउनुहोस्, एमाले नै देशको शक्ति हो,’ उनले भने । उनले समाजवादी मोर्चाका नाममा नाटक मञ्चन भइरहेको आरोप लगाए। उनले मुलुकका लागि धेरै दल भन्दा बलियो राजनितिक शक्ति आवश्यक रहेको बताए।

    उनले पञ्चायतकालमा धेरै दल हुदा पनि ठिक भएपनि अब बलियो र ठूलो थोरै दल आवश्यक रहेको बताए। ‘जति धेरै राजनितिक दल, त्यति धेरै अस्थिरता, जित धेरै दल त्यति धेरै विदेशी हस्तक्षेप, त्यसैले अब बलियो एमाले जस्तो शक्ति आवश्यक छ,’ उनले भने। उनले समाजमा सास्कृतिक मूल्यहरूकने विघटन भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology