Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘अहिलेको गठबन्धन सरकार बुँख्याचा’ : एमाले अध्यक्ष ओली

‘अहिलेको गठबन्धन सरकार बुँख्याचा’ : एमाले अध्यक्ष ओली

  • 3.9K
    SHARES

  • ‘अहिलेको गठबन्धन सरकार बुँख्याचा’ : एमाले अध्यक्ष ओली

    बुटवल,भदौ १६ ।

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाइ बुँख्याचा भनेर टीप्पणी गर्नुभएको छ । बुटवलमा आज आयोजित नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार गलत बाटोमा हिडिरहेको दाबी गर्नुभयो ।

    उहाँले सरकारले  एमाले विरूद्ध षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले कुनै लाभ लिन नसकेको बताउदै उहाँले भन्नुभयोे, ‘गेरू बस्त्र धारणम, मुर्राभैसी ताननम् । यस्तो पनि सरकार हुन्छ ?’ उहाँले अगाडी भन्नुभयो–‘ विदेश जाने मान्छे बढेका बढ्यै छन् । रेमिट्यान्स घटेको छ, राजश्व घटेको छ,एमालेको सरकार बन्यो भने एक हप्तामा डबल राजश्व उठाउछौँ ।’
    ओलीले प्रतिक्रियावादी शक्तिले सजिलै एमालेलाई अगाडि बढ्न नदिने बताउनुभयो ।

    एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर बिपक्षीहरु आत्तिएको स्मरण गर्दै ओलीले वामपन्थी खोल ओढेकाहरुको सहारामा तत्कालिन सरकार ढालेको आरोप लगाउनुभयो ।प्रदेश अधिवेशन कर्मकाण्डका लागि नभई महान् उद्देश्यतर्फ केन्द्रित गरी सुरु भएको अध्यक्ष ओलीको भनाइ छ। ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजिपतिलाई आतंकित बनाएको आरोप लगाउनुभयो । आफु विरुद्ध यति यति भन्ने गरिएको जिकिर गर्दै उहाँले यतिबारे छानबिन गर्न चुनौती सिमेत दिनुभयो ।बिदेशीको नाममा लिजमा दिएको जग्गा सोझो शेर्पाले लिजमा लिंदा हल्ला गरिएको पनि उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो ‘ सचिबालयका येत्तिका नेता यहि हुनुहुन्छ, बेलुका बस्नुस् र सबैलाई चित्त बुझाएर मिलाउनुस, म भोलि घोषणा गरेर फर्कन्छु ।’ उहाको भनाइ छ ।अध्यक्ष ओलीले नेकपा एसका नेताहरू एमालेमा फर्कने क्रम जारी रहेको बताउँदै अब माओवादीका नेताहरू पनि एमालेमै समाहित हुँदै जाने दाबी गर्नुभयो । उहाँले प्रचण्डले सुर्खेत पुगेर एमालेमा पहिरोमा जान्छ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफूहरू खरानीको माटो नभएको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पोडेलले अहिले एमालेलाई खण्डित गर्न देशी बिदेशी तत्वहरु सल्बलाएको बताउँदै त्यो उद्देश्य पूरा नहुने बताउनुभयो । उहाँले २०८४ को आम निर्वाचनपछि एमालेको सरकार बनाउने गरी अहिले पार्टीले आफ्नो सक्रियता बढाएको बताउनुभयो ।

    महासचिव शंकर पोखरेलले एमालेलाई अब अर्को चुनावमा बहुमत पाउने अवस्थाबाट कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले एमालेलाई अझै सशक्त पार्टीको रुपमा अघि बढाउन मिसन २०८४ को अभियान सुरु गरेको बताउनुभयो । उपमहासचिव प्रदिप ज्ञवालीले लुम्बिनी प्रदेश अधिवेशनबाट विवादरहित ढंगले अधिवेशन सम्पन्न गरेर नमूना प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।

    लुम्बिनी प्रदेश संयोजक राधाकृष्ण कडँलेको अध्यक्षतामा भएको अधिवेशन उदघाटन समारोहमा एमालेका सचिव गोकर्ण विष्ट, नेताहरु छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेश इञ्चार्ज पदमा अर्याललगायतले बोल्नुभएको थियो ।

    लुम्बिनीमा शनिबार सुरु भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले नेताहरूमा चुनावी रौनक देखिएको छ  प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल आकांक्षी छन्।कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिनुहुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology