Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

समाजवादी मोर्चा लुम्बिनी प्रदेश समन्वय समिति घोषणा,१२ जना सदस्य

समाजवादी मोर्चा लुम्बिनी प्रदेश समन्वय समिति घोषणा,१२ जना सदस्य

  • 1.2K
    SHARES

  • समाजवादी मोर्चा लुम्बिनी प्रदेश समन्वय समिति घोषणा,१२ जना सदस्य

    बुटवल,भदौ १२ ।

    समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समितिको घोषणा गरेको छ । मंगलबार बुटवलमा आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।

    समितिमा मोर्चा सम्बद्ध दलको सिफारिसमा तीनतीन जना सदस्य रहेका छन् । जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी छन् । एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी सदस्य रहेका छन् ।

    यस्तै जसपाबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट बसन्त सी, नारायण सी र सम्झना सी सदस्य रहेका छन् । लुम्बिनीमा मोर्चाको समन्वय समितिको अध्यक्षता चार महिनाका लागि नेकपाले गर्नेछ ।prachanda.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology