Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

मुलुकको आर्थिक संकट निवारण गर्न सरकारले पहल गराेस् : पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल

मुलुकको आर्थिक संकट निवारण गर्न सरकारले पहल गराेस् : पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल

  • 1.4K
    SHARES

  • मुलुकको आर्थिक संकट निवारण गर्न सरकारले पहल गराेस् : पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल

    बुटवल,भदाै १२ ।

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मुलुकको आर्थिक संकटलाई निवारण गर्नका लागि अहिलेको सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

    उनले दलाल पूंजीपति र बिचौलियाका कारण मुलुकमा आर्थिक संकट उत्पन्न भएको दावी गरे ।समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धन सरकारमा एकीकृत समाजवादी सामेल भएको र महत्वपूर्ण जिम्मेवारी सम्हालेको बताए ।

    बामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमकाविरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न समाजवादी मोर्चा बनेको उनले बताए । संविधानमा पनि समाजवादको बारेमा प्रष्ट व्यवस्था रहेको अध्यक्ष नेपालको भनाइ छ ।
    अध्यक्ष नेपालले नेकपा (एस) कुनै पार्टीमा विलय हुने वा समाहित हुने कल्पना गर्न नसकिने दावी गरे ।

    उनले सदन, सडक र सरकारमा बसेर सशक्त रुपमा जनताको आवाज उठाउने र राम्रो काम गर्ने बताए । उनले मुलुकका विभिन्न समस्याहरुको समाधानका लागि समेत मोर्चाले सातवटै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology