Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाको १४ औं चाटर नाईट सम्पन्न

लायन्स क्लव अफ बुटवल सिद्धबाबाको १४ औं चाटर नाईट सम्पन्न

  • 1.1K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाको १४ औं चाटर नाईट सम्पन्न

    बुटवल,चैत २७ ।

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाको १४ औं स्थापना दिवस मनाईएको छ  । क्लवका  बर्ष २०२२-२३ का अध्यक्ष झबिन्द्र अधिकारीको अध्यक्षतामा भएको चाटर नाईट कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स ३२५ पी का डिस्ट्रीक गभर्नर पिएमजेएफ नवराज न्यौपानेले क्लवले यसक्षेत्रमै फरक पहिचान र सामाजिक काम गरेको बताउनुभयो ।

    उहाँले लायन्स क्लवहरुको सक्रियताले समाज रूपान्तरण भएको बताउनुभयो । सो अबसरमा फस्ट भाइस गर्भनर अर्जुनमान सैजु,सेकेण्ड भाइस गभर्नर पुरुषोतमभक्त प्रधानांग,पिडिजिएमजेएफ महेन्द्र नारायण श्रेष्ठ,सन्दीप कसौधन,क्लवका संस्थापक अध्यक्ष रामप्रसाद बन्जाडे,गणेश भट्टराइ,योगेश घिमिरे,ज्योति भण्डारी लगायतले बोलेका थिए ।

    सो अबसरमा गभर्नरले गोगदान दिएका र  क्लवका सहयोगीहरुलाइ पिनले सम्मान गर्नुभएको सचिव भूमिराज सापकोटोले बताउनुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले क्लवको इतिहास र गरिमा बनाउँदै नयाँ काम गर्नुपर्ने बताए ।

    अध्यक्ष झबिन्द्र अधिकारीले क्लवलाइ आफ्नो कार्यकालमा योजना अनुसार नै काम गरेको उल्लेख गर्नुभयो । सो अबसरमा मृगौला पिडितलाई सहयोग रकम प्रदान गरिएको छ ।

    -यी खबरहरु पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology