बुटवल, साउन ६ ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबाको प्रथम बोर्ड बैठकले बार्षिक कार्ययोजना अनुमोदन गरेको छ । लायन्स बर्ष २०२२ –०२३ का अध्यक्ष झबिन्द्र अधिकारीको अध्यक्षतामा भएको बैठकले बार्षिक कार्ययोजना तथा तथा बिबिध एजेन्डाहरुमा गहन छलफल गरि कार्ययोजना सर्बसम्मतबाट पास गरेको हो ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबाको प्रथम बोर्ड बैठकले बार्षिक कार्ययोजना अनुमोदन गरेको छ । अध्यक्ष लायन्स बर्ष २०२२ –०२३ का अध्यक्ष झबिन्द्र अधिकारीको अध्यक्षतामा भएको बैठकले बार्षिक कार्ययोजना तथा तथा बिबिध एजेन्डाहरुमा गहन छलफल गरि कार्ययोजना सर्बसम्मतबाट पास गरेको हो ।
सो अवसरमा निबर्तमान अध्यक्ष ज्योति भण्डारी,संस्थापक अध्यक्ष रामप्रसाद बञ्जाडे,पुर्व अध्यक्ष टंक गैरे,गोकर्ण पाण्डे,गणेश भट्टराइ, बिजय गुप्ता, निर्वाचन आयुक्त ठाकुरप्रसाद आचार्य , लगायतले बोल्दै क्लवलाइ नमुना र उत्कृष्ट बनाउन सबै एक भएर अघि बढ्नुपर्ने बताए ।
सोहि अबसरमा कोषाध्यक्ष तुलसीराम भण्डारीलाइ अहिलेसम्मको हरहिसाब क्लियर गरेर प्रतिबेदन बुझाइएको थियो । कार्यक्रम सचिव भुमि सापकोटाले संचालन गरेका थिए ।
सो अबसरमा बोल्ने बक्ताहरुले क्लवको इतिहास र गरिमा कायम राख्न नया नेतृत्वलाइ आग्रह गरेको थियो । बर्ष २०२२-२३ का अध्यक्ष झबिन्द्र अधिकारीले क्लवलाइ आफ्नो कार्यकालमा क्यालेण्डर नै बनाएर सामाजिक काम गर्ने प्रतिबद्धता जनाए ।
उनले रक्तदान,क्लव नविकरण,मधुमेह रोगको नियमित परिक्षण शिबिर संचालन,सचिवालय ब्यबस्थापन तथा आफ्नै कार्यालय परिषर सरसफाइ लगायतका काम तत्काल गरिने बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)