Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाका पूर्व अध्यक्षद्वय घिमिरे र पाण्डेयलाई बिभूषण

लायन्स क्लव अफ बुटवल सिद्धबाबाका पूर्व अध्यक्षद्वय घिमिरे र पाण्डेयलाई बिभूषण

  • 1.9K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाका पूर्व अध्यक्षद्वय घिमिरे र पाण्डेयलाई बिभूषण

    बुटवल,असोज ४ । 

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाका दुइजना पूर्व अध्यक्ष नेपाल सरकारको पदवीबाट बिभूषित हुनुभएको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले योगेश घिमिरे र डिल्लीनारायण पाण्डेयलाई पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । 

    घिमिरे क्लबका पुर्व अध्यक्ष तथा ३२५ पीका  ड्रिष्ट्रिक चिफ एडभाइजर हुनुहुन्छ भने पाण्डेय पुर्व  अध्यक्ष हुनुहुन्छ ।

    घिमिरे राष्ट्रिय  जनसेवा र पाण्डेय श्री पदकद्वारा बिभूषित हुनुभएकोमा क्लवले बैठक बसेर बधाइ ज्ञापन गरेको लायन्स क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष झबिन्द्र अधिकारीले बताउनुभयो ।

    उहाँहरुलाइ एक समारोहका बिचमा क्लवले पनि सम्मान गर्ने सचिव भूमि सापकोटाले नागरिक अनलाइनलाइ बताउनुभयो ।



    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology