बुटवल,फागुन ११ ।
पत्रकार माधव नेपाललाई शाईन रेसुङ्गा आर्थिक पत्रकारिता पुरस्कार-२०७९ प्रदान गरिएको छ । तिलोत्तमामा आयोजित एक कार्यक्रममा बिबिसी र बुटवल एफएममा कार्यरत नेपाललाई ५० हजार १ सय ११ नगद र प्रशंसापत्रसहित साे पुरस्कार प्रदान गरिएको हो ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सो पुरस्कार बितरण गर्दै आएको छ । बैंकका अध्यक्ष थानेश्वर पौडेल, सिइओ प्रकाश पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कार वितरणका लागि पत्रकार महासंघ रुपन्देहीका पुर्व कोषाध्यक्ष यमलाल भुसालको संयोजकत्वमा ३ सदस्यीय मुल्यांकन समिती गठन गरिएको थियो । समितीको सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सञ्य सौगात र शाइन बैंकका लालमणि पाण्डे रहेका थिए ।
बैंकले गतवर्षदेखि पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको हो
यहि पुरस्कार गतबर्ष पत्रकार यमलाल भुसालले पाएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)