Logo बिहिवार, आश्विन १ गते २०८३
images

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बित्तिय साक्षरता अभियान

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बित्तिय साक्षरता अभियान

  • 2.9K
    SHARES

  • शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बित्तिय साक्षरता अभियान

    बुटवल, मंसिर २१ ।

    शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ ।  बैंकिङ सम्बन्धी जानकारी विद्यार्थीहरुलाई प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरुलाई वित्तिय साक्षरता दिइएको हो ।

    तिलोत्तमा ड्राईभरटोल स्थित न्यू होराईजन कलेजमा अध्यानरत विद्यार्थीहरुका लागि डिजिटल बैकिङ र फाईनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनालले जानाकारी दिईन ।
    साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल हेड नारायण न्यौपाने, सिआरओ यसोधन पाण्डे, कर्पोरेट क्रेडिट हेड किरण प्रसाद शर्मा नेपाल, एसएमई हेड दिपक अर्यालले विद्यार्थीहरुलाई डिजिटल बैंकिङ प्रणालीको आवश्यता र यसको प्रयोगबाट हुने फाईदाहरुका बारेमा जानाकारी दिएका थिए ।

    १ सय ५० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा शाईन रेसुङगा डेभलप्मेन्ट बैंक ड्राईभरटोलका शाखा प्रमुख लक्ष्मण पाण्डे, शंकरनगर शाखाका कर्जा प्रमुख किरण ज्ञवाली लगाएतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology