Logo बिहिवार, आश्विन १ गते २०८३
images

वन वाटिकाको टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने

वन वाटिकाको टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने

  • 1.3K
    SHARES

  • वन वाटिकाको टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने

    बुटवल,फागुन ११ ।

    तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र वन वाटिकाको टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ ।

    लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य वन वाटिकामा अनलाइन टिकटका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमएसमार्फत सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ ।

    बुधबार वन बाटिकामा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रविधिको उच्चतम प्रयोगबाट नै व्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज्ड गर्दै जानुपर्ने बताए ।

    वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले अनलाइन टिकेटिङ सेवाले आर्थिक कारोबार पारदर्शी हुने र पर्यटकलाई पनि सुविधा हुने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology