Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोहिणी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु २३ यात्रु घाइते

रोहिणी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु २३ यात्रु घाइते

  • 3.1K
    SHARES

  • रोहिणी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु २३ यात्रु घाइते

    बुटवल,जेठ २२  ।

    रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस भैरहवा–परासी सडक खण्ड अन्तर्गत रोहिणी  पुलबाट खोलामा खसेको हो ।

    आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार नौ जनाको मृत्यु भएको र २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

    उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक एवं रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताउनुभयो ।


    चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको प्रहरी अनुमान छ ।घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिनुभयो ।

    यसअघि पनि रोहिणी पुलबाट पटक–पटक सवारीहरु खोलामा खस्ने गरेका छन् । तीनवटा जेसीभीको प्रयोग गरेर दुर्घटनामा परेको बसलाई सुल्टो बनाएर यात्रुको उद्धार गरिएको केसीको भनाइ छ । 

    मृतकहरु

    • १. रुपन्देही ओमसतिया ४ बस्ने वर्ष ६५ को राजेन्द्र पाण्डे । (सनाखत भएको)
    • २. रुपन्देही तिलोत्तमा ८ बस्ने वर्ष ३७ की तुल्सी बस्याल । (सनाखत भएको)
    • ३. रुपन्देही तिलोत्तमा २ योगिकुटी बस्ने वर्ष ५६ को बिष्णु पौडेल । (सनाखत भएको)
    • ४. रौतहट चन्द्रनिगाहपुर बस्ने बर्ष २० का दिनेश दास । (सनाखत भएको)
    • ५. रुपन्देही बुटवल –११, कालिकानगर बस्ने बर्ष ४८ का कृष्णप्रसाद बस्याल । (सनाखत भएको)
    • ६. भारत जनकपुरग्राम बस्ने बर्ष ४० का अरबिन्द्र शर्मा । (सनाखत भएको)
    • ७. हाल नामथर वतन नखुलेको बर्ष ३०–३५ को पुरुष ।
    • ८. हाल नामथर वतन नखुलेका बर्ष अन्दाजी ४०–४५ को पुरुष ।
    • ९. हाल नामथर वतन नखुलेको बर्ष ३० को पुरुष । 
      घाइतेहरु
    • १. धनुषा हंसपुर न.पा.–३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी ।
    • २.  जितपुर सिमरा उ.न.पा.–१३ बस्ने वर्ष १८ को रोहन चौधरी ।
    • ३. बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी ।
    • ४.  बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १५ को बरुण चौधरी ।
    • ५. सिराहा, सिराहा न.पा.–९ बस्ने बर्ष ३१ को राकेश कुमार दास ।
    • ६. कपिलबस्तु बाणगंगा न.पा.–५ बस्ने बर्ष २९ को तुलसीराम चौधरी । (सह–चालक)
    • ७.  धनुषा जनकपुर उ.न.पा.–२२ बस्ने बर्ष ३९ को बिनोद मुखिया ।
    • ८. रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–११ का बर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
    • ९.रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–६ बस्ने बर्ष १६ को सहेजाद मुसलमान ।
    • १०. रुपन्देही तिलोत्तमा न.पा.–३ शंकरनगर बस्ने बर्ष ३६ को सुमन क्षेत्री । (बस चालक)
    • ११.रुपन्देही लुम्विनी सास्कृतिक न.पा.– ३ बस्ने बर्ष २० को राजेश यादव ।
    • १२. रौतहट बस्ने बर्ष २२ को वकिल दास हात ।
    • १३. भारत जनकपुरग्राम बस्ने बर्ष २८ को गौरव सिंह ।
    • १४. झापा बस्ने बर्ष ६० को जयाप्रसाद चापागाई ।
    • १५. झापा बस्ने बर्ष ५६ कि तुलसा चापागाई ।
    • १६. भारत बस्ने बर्ष ३२ कि सिता शर्मा ।
    • १७. भारत बस्ने बर्ष ५ कि सन्दिपा शर्मा ।
    • १८. भारत बस्ने बर्ष ४ को यश शर्मा ।
    • १९. धनुषा जनकपुर बस्ने बर्ष ३५ की अञ्जली कामी ।
    • २०. रुपन्देही तिलोत्तमा न.पा.–३ बस्ने बर्ष २२ को बिपिन बस्याल ।
    • २१.सिराहा सिराहा न.पा.–९ बस्ने बर्ष ३१ को राकेशकुमार दास ।
    • २२.रौतहट श्रीनगर बस्ने बर्ष २२ को रामजनम दास ।
    • २३. धनुषा जनकपुर बस्ने बर्ष २२ कि रिंकी यादव ।
    • २४.महोत्तरी बस्ने बर्ष २९ को साबिर अन्सारी ।
    • रोहिणी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु २३ यात्रु घाइते

    • रोहिणी बस दुर्घटना : मृतक नौ मध्ये चार जनाको पहिचान

    bus acci.jpg

    bus.jpg

    बस दुर्घटनाका मृतक ९ मध्ये सात जनाको सनाखत

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology