Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बस दुर्घटनाका मृतक ९ मध्ये सात जनाको सनाखत (नामावलीसहित)

बस दुर्घटनाका मृतक ९ मध्ये सात जनाको सनाखत (नामावलीसहित)

  • 2.2K
    SHARES

  • बस दुर्घटनाका मृतक ९ मध्ये सात जनाको सनाखत (नामावलीसहित)

    बुटवल,जेठ २२ ।

    रुपन्देहीको रोहिणी-३ मा भएको बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका–४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल–६ का ५० वर्षीय नागेन्द्र शर्मा छन् । 

    दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् । जनकपुरबाट भैरहवातर्फ आउदै गरेको  लु २ ख ३८४१ नम्बरको बस आज बिहान रोहिणी पुलबाट खाेलामा खसेको थियो । 

    मृतकहरु

    • १. रुपन्देही ओमसतिया ४ बस्ने वर्ष ६५ को राजेन्द्र पाण्डे । (सनाखत भएको)
    • २. रुपन्देही तिलोत्तमा ८ बस्ने वर्ष ३७ की तुल्सी बस्याल । (सनाखत भएको)
    • ३. रुपन्देही तिलोत्तमा २ योगिकुटी बस्ने वर्ष ५६ को बिष्णु पौडेल । (सनाखत भएको)
    • ४. रौतहट चन्द्रनिगाहपुर बस्ने बर्ष २० का दिनेश दास । (सनाखत भएको)
    • ५. रुपन्देही बुटवल –११, कालिकानगर बस्ने बर्ष ४८ का कृष्णप्रसाद बस्याल । (सनाखत भएको)
    • ६. भारत जनकपुरग्राम बस्ने बर्ष ४० का अरबिन्द्र शर्मा । (सनाखत भएको)
    • ७. हाल नामथर वतन नखुलेको बर्ष ३०–३५ को पुरुष ।
    • ८. हाल नामथर वतन नखुलेका बर्ष अन्दाजी ४०–४५ को पुरुष ।
    • ९. हाल नामथर वतन नखुलेको बर्ष ३० को पुरुष । 
      घाइतेहरु
    • १. धनुषा हंसपुर न.पा.–३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी ।
    • २.  जितपुर सिमरा उ.न.पा.–१३ बस्ने वर्ष १८ को रोहन चौधरी ।
    • ३. बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी ।
    • ४.  बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १५ को बरुण चौधरी ।
    • ५. सिराहा, सिराहा न.पा.–९ बस्ने बर्ष ३१ को राकेश कुमार दास ।
    • ६. कपिलबस्तु बाणगंगा न.पा.–५ बस्ने बर्ष २९ को तुलसीराम चौधरी । (सह–चालक)
    • ७.  धनुषा जनकपुर उ.न.पा.–२२ बस्ने बर्ष ३९ को बिनोद मुखिया ।
    • ८. रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–११ का बर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
    • ९.रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–६ बस्ने बर्ष १६ को सहेजाद मुसलमान ।
    • १०. रुपन्देही तिलोत्तमा न.पा.–३ शंकरनगर बस्ने बर्ष ३६ को सुमन क्षेत्री । (बस चालक)
    • ११.रुपन्देही लुम्विनी सास्कृतिक न.पा.– ३ बस्ने बर्ष २० को राजेश यादव ।
    • १२. रौतहट बस्ने बर्ष २२ को वकिल दास हात ।
    • १३. भारत जनकपुरग्राम बस्ने बर्ष २८ को गौरव सिंह ।
    • १४. झापा बस्ने बर्ष ६० को जयाप्रसाद चापागाई ।
    • १५. झापा बस्ने बर्ष ५६ कि तुलसा चापागाई ।
    • १६. भारत बस्ने बर्ष ३२ कि सिता शर्मा ।
    • १७. भारत बस्ने बर्ष ५ कि सन्दिपा शर्मा ।
    • १८. भारत बस्ने बर्ष ४ को यश शर्मा ।
    • १९. धनुषा जनकपुर बस्ने बर्ष ३५ की अञ्जली कामी ।
    • २०. रुपन्देही तिलोत्तमा न.पा.–३ बस्ने बर्ष २२ को बिपिन बस्याल ।
    • २१.सिराहा सिराहा न.पा.–९ बस्ने बर्ष ३१ को राकेशकुमार दास ।
    • २२.रौतहट श्रीनगर बस्ने बर्ष २२ को रामजनम दास ।
    • २३. धनुषा जनकपुर बस्ने बर्ष २२ कि रिंकी यादव ।
    • २४.महोत्तरी बस्ने बर्ष २९ को साबिर अन्सारी ।
    • रोहिणी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु २३ यात्रु घाइते

    • रोहिणी बस दुर्घटना : मृतक नौ मध्ये चार जनाको पहिचान

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology