बुटवल,पुस १९ ।
पाल्पाको पूर्वखोला गाउँपालिका - ६ हेक्लाङ्ग जीप दुर्घटना भएको छ । लु१ज २६०७ नम्बर जीप दुर्घटना हुँदा ५ जना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहान ७ बजे हेक्लाङ्गबाट तानसेन आउदै गरेको जीप सडकबाट करिब १०० मिटर भन्दा तल खसेको हाे ।
सडकमा रहेको खाल्टोमा परि स्ट्रिङ्ग फेल हुँदा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये पूर्बखोला ६ हेक्लाङ्गका बर्ष २८ का पूर्ण बहादुर फालको अवस्था गम्भिर रहेको ताँहु प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक भोल कुवरले नागरिक अनलाइनलाइ जानकारी दिए ।
अन्य घाईतेमा सोहि स्थानका बर्ष १९ का चिरन्जीबि सारु,बर्ष २९ का प्रेम सिंजाली,बर्ष ३० का टेक बहादुर पल्ली र सोहि स्थानकै बर्ष ४६ की पबिसरा सारु रहेको प्रहरीले जनाएको छ । पाल्पाकै लघुवामा हिजोँ मलामी बोकेको बस दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको थियो ।
यी समाचार पनि पढ्नुस् :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)