बुटवल,पुस १८ ।
बुटवल १७ बाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको रिब्दिकोट २ लघुवामा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका ७ जनाको सनाखत भएको छ ।
लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको र १५ जना घाइते भएका थिए । साे बसमा ३५ जना मलामी सवार थिए। प्रहरीले मृतक र घाइतेको सनाखत भएको जनाएको छ ।
घटनामा परि मृत्यु हुनेहरुमा अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक, ३३ वर्षीय अर्जुन विक, रूपन्देही बुटवल उपमहानगरपालिका-११ का ३२ वर्षीय विजय थापा क्षेत्री, सोही ठाउँका ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर रानाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए।

यी खबरहरु पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)