Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पा लघुवा बस दुर्घटना : घाइते १३ जनाकै परिचय खुल्यो (नामावलीसहित)

पाल्पा लघुवा बस दुर्घटना : घाइते १३ जनाकै परिचय खुल्यो (नामावलीसहित)

  • 6.8K
    SHARES

  • पाल्पा लघुवा बस दुर्घटना : घाइते १३ जनाकै परिचय खुल्यो (नामावलीसहित)

    बुटवल,पुस १८ । 

    पाल्पा लगुवामा आज भएको बस दुर्घटनामा घाइतेको परिचय खुलेको छ। बुटवलदेखि गुल्मीको रिडीतर्फ जाँदै गएको लु१ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

    घाइते हुनेमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली,अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना-६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी-२, का ३७ वर्षीय रमेश टोमटा रहेका छन्। यस्तै अर्घाखाँची डाँडाकटेरी-१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना-६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान छन्।  यस्तै बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहेका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ। bus accident.jpg

    घाइतेमध्ये ७ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। शव बसले च्यापिएकाले निकाल्न समय लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

    शव बोकेर रिडी जाँदै गरेको बस पाल्पा लगुवामा दुर्घटना,७ जनाको घटनास्थलमै मृत्यु (भिडियोसहित)

    पाल्पा लगुवा बस दुर्घटना अपडेट : बीरबहादुरको शव जलाउन हिँडेका थिए मलामी !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology