Logo मंगलवार, श्रावण १२ गते २०८३
images

 नेकपा (माओवादी केन्द्र) महाधिवेशन : बन्दसत्र बिहान ११ बजेदेखि

 नेकपा (माओवादी केन्द्र) महाधिवेशन : बन्दसत्र बिहान ११ बजेदेखि

  • 3.7K
    SHARES

  •  नेकपा (माओवादी केन्द्र) महाधिवेशन : बन्दसत्र बिहान ११ बजेदेखि

    बुटवल,पुस १२ ।

     नेकपा(माओवादी केन्द्र)को महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ। आइतबार प्रज्ञा प्रतिष्ठानमा उद्घाटन सत्र आयोजना गरेको माओवादीले आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु गर्ने भएको छ। 

    उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषकसमेत रहेएका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रबारे जानकारी दिएका हुन्। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायत प्रतिवेदन पेस हुने जनाइएको छ।

    विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्। सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन्। बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ।

    माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ। 

    राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो। 

    यी पनि पढाैँ:-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology