Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माधव नेपालको प्रश्न : नेताहरु नियम,कानून, विधि र विधानमा बाँधिनु पर्दैन ?

माधव नेपालको प्रश्न : नेताहरु नियम,कानून, विधि र विधानमा बाँधिनु पर्दैन ?

  • 3.2K
    SHARES

  • माधव नेपालको प्रश्न : नेताहरु नियम,कानून, विधि र विधानमा बाँधिनु पर्दैन ?

    बुटवल,पुस ११ ।

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको पालना नगरिए देश भद्रगोल हुने टिप्पणी गरे ।

    सम्बोधनको क्रममा उनले नेताहरु नियम, कानून, विधि र विधानमा बाँधिन नचाहेको पनि गुनासो पोखे । उनले पार्टीभित्र कार्यकर्ता र सदस्यहरुको अधिकार ठूलो हुने पनि उल्लेख गरे ।

    उनले देशमा अहिलेपनि अन्याय, अत्याचार, विभेद, शोषण र उत्पीडन विद्यमान रहेको बताए । उनले यी सबै कुरा अन्त्यको लागि दलहरुले प्रयत्न गर्नुपर्नेपनि बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology