Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन आवश्यक : उपेन्द्र यादव

राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन आवश्यक : उपेन्द्र यादव

  • 3.5K
    SHARES

  • राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन आवश्यक : उपेन्द्र यादव

    बुटवल,पुस ११ ।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको हो कि भन्ने लाग्न थालेको बताए ।

    राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको भन्दै उनले अबको सरकारले अघिल्लो सरकारको गल्ती कमजोरी बताएर मात्र नभएर सबैको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

    संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै उनले संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताए । ‘माधवकुमार नेपाल यही हुनुहुन्छ । काठमाडौंमै हुनुहुन्छ’, उनले भने, ‘अब संसदमा अवरोध गरेर केही प्राप्त हुँदैन ।’ माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको उनको भनाइ छ । सबै पक्षको माग सम्बोधन गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने यादवले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology