Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडाैँमा उद्घाटन

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडाैँमा उद्घाटन

  • 4.1K
    SHARES

  • नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडाैँमा उद्घाटन

    बुटवल,पुस ११ ।

    नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ । राजधानीको कमलादीमा सो पार्टीको महाधिवेशन उद्घाटन समारोह सुरु भएको हो ।

    माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भने पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको हो ।महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् ।

    यस्तै केन्द्रीय सदस्य २९९ सदस्यीय रहने भनिए पनि केही सङ्ख्या बढाउन आइतबार बसेको केन्द्रीय कमिटी कमिटी बैठकले प्रस्ताव गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । 

    नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ ।  महाधिवेशनमा देशभरका सातवटै प्रदेश र तीनवटा गैर भौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी भएका छन्  ।

    ५ दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका लिखित दस्ताबेज पेस हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।

    उद्घाटनसत्र सकिए लगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ । 

    सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व रहेको छ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहेको माओवादीको भनाइ छ । 

    यी पनि पढाैँ:-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology