Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रचण्डले भने–एमसीसीबारे प्रधानमन्त्री देउवाले दिएको विचार व्यक्तिगत

प्रचण्डले भने–एमसीसीबारे प्रधानमन्त्री देउवाले दिएको विचार व्यक्तिगत

  • 3.1K
    SHARES

  • प्रचण्डले भने–एमसीसीबारे प्रधानमन्त्री देउवाले दिएको विचार व्यक्तिगत

    बुटवल,पुस ११ ।

    प्रचण्डले भने– एमसीसीबारे प्रधानमन्त्रीको व्यक्तिगत विचार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका बारेमा दिएको धारणा व्यक्तिगत विचार रहेको बताएका छन्। माओवादीको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

    महाधिवेशनमा बोल्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीलाई राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव दिएका थिए।

    त्यसको जवाफ दिने क्रममा प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीले एमसीसीबारे आफ्नो विचार भन्नुभयो। तर, उहाँले कहाँ हो राष्ट्रघाति भएको देखाइ दिनु भन्नुभयो। छलफल गर्दैछौं भनेर पनि भन्नुभएको छ। प्रधानमन्त्रीको यो अभिव्यक्ति पनि राम्रो नै आएको छ।’ 

    सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो प्रशंसा गरेको भन्दै आभार व्यक्त गरेका प्रचण्डले एमसीसीका बारेमा भने प्रधानमन्त्रीको भनाइलाई घुमाउरो तहले उनको व्यक्तिगत विचार भएको बताएका हुन्।

    प्रधानमन्त्रीले आफूहरुले छलफल गरिरहेको र छिट्टै एमसीसी पास हुने संकेत गरेका थिए। उनले एमसीसी राष्ट्रघाती भन्नेहरूलाई एकपटक पढ्न आग्रह समेत गरेका थिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology