बुटवल,असाेज ६ ।
असाेज चार गते साेमबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का हानेका ज्योतिनगरका गणेश पंगेनीविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान थालेको छ ।
साेही दिननै पक्राउ गरिएका पंगेनीलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । पंगेनी एमालेको विद्यार्थी संगठन अनेरास्वियू रुपन्देहीको जिल्ला सदस्य हुन् ।
सोमबार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो अवलोकन गर्न गएका बेला मेयर सुवेदीमाथि पंगेनीले मुक्का हानेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)